BREAKING: थप १ शव भेटियो, अझै ३ बाँकी
पाेखरा | माघ २, २०७९
पोखराः आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्स दुर्घटनामा परेपछि आज थप एकजनाको शव भेटिएको छ ।
७२ जना सवार जहाजमा हिजो साँझसम्म ६८ जनाको शव प्राप्त भएको थियो । आज बिहानैदेखि खोजीमा जुटेका उद्धारकर्मीहरुले भर्खरै एकजनाको शव भेटेका छन् ।
शव महिलाकाे भएकाे स्थलगत रिपोर्टिङमा रहेका सुनगाभा न्यूजकर्मी अर्जुन गाहामगरले जनाएका छन् ।
अब ३ यात्रुको शव भेटाउने बाँकी छ भने नेपाली सेना, सशस्त्र प्रहरीलगायतका उद्धारकर्मी दुर्घटनास्थलमा निरन्तर खोजीमा छन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

